सन्दीप–रोहितसहित ९ स्टार बने ‘टिम एक्सट्रीम’का सदस्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ९ खेलाडी ‘टिम एक्सट्रीम’का सदस्य बनेका छन्। नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवापुस्तामाझ खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यसहित एक्सट्रीम इनर्जी ड्रिंकले राष्ट्रिय टोलीका ९ खेलाडीसँग औपचारिक सहकार्य गरेको हो।
काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतासँगै सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन्।
सहकार्यअन्तर्गत यी खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो राखिनेछ। त्यसैगरी एक्सट्रीमले सञ्चालन गर्ने विभिन्न प्रवद्र्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि आबद्ध खेलाडीहरूको सहभागिता रहनेछ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको यो सहकार्यले खेलाडी र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। क्रिकेटको विकाससँगै खेलाडीलाई प्रोत्साहन गर्ने र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले सहकार्य गरिएको एक्सट्रीम इनर्जी ड्रिंकले जनाएको छ।
नेपाली क्रिकेटमा पछिल्लो समय खेलाडी तथा प्रतियोगिताप्रतिको आकर्षण बढिरहेका बेला निजी क्षेत्रबाट हुने यस्ता सहकार्यले खेलाडीको व्यावसायिक पहिचान र खेलकुद क्षेत्रको प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रिय टोलीका लोकप्रिय खेलाडीहरूलाई एउटै ब्रान्डको अभियानमा जोडिनुले नेपाली क्रिकेटप्रतिको समर्थकको उत्साहलाई थप बढाउने विश्वास गरिएको छ।
यसै अवसरमा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ।
एनपीएलका सम्बन्धित टोलीको पहिचान र क्रिकेट समर्थकहरूको उत्साहलाई समेटेर विशेष संस्करणको क्यान तयार पारिएको कम्पनीले जनाएको छ। उक्त क्यानमार्फत एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ आफ्नो उपस्थिति प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।
एनपीएलमा आबद्ध ७ टोलीलाई समेटिएको विशेष क्यान सार्वजनिक हुनु र राष्ट्रिय टोलीका ९ चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’मा जोडिनुले नेपाली क्रिकेटसँग एक्सट्रीमको सहकार्यलाई थप विस्तार गरेको देखिएको छ।
एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने जनाएको छ।
नेपाली क्रिकेटका स्टार खेलाडीहरूलाई समेटेर गरिएको यो साझेदारीले खेलाडी, समर्थक र ब्रान्डबीचको सम्बन्धलाई अझ नजिक बनाउने अपेक्षा गरिएको छ। साथै, नेपाली क्रिकेटको लोकप्रियता बढ्दै गएको समयमा निजी क्षेत्रको लगानी र सहकार्यले खेलकुद क्षेत्रको व्यावसायिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

