एनपीएलको क्रेज बढाउँदै एक्स्ट्रीम, समर्थकको हातमा टिमको क्यान!

काठमाडौँ । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो र बहुप्रतीक्षित महोत्सव— नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन अब मात्र दुई दिन बाँकी छ। मैदानमा ब्याट र बलको महासंग्राम सुरु हुन घडीको सुई टिक-टिक गरिरहँदा, मैदानबाहिरको माहोल भने अहिले नै नियन्त्रणभन्दा बाहिर गइसकेको छ। काठमाडौँको कीर्तिपुर मैदान मात्र होइन, देशका कुना-काप्चा, गल्ली र चोकहरू अहिले नै एनपीएलको रङमा रंगिइसकेका छन्। तर, यस पटकको एनपीएल केवल खेलमा मात्र सीमित रहेन, यसले नेपाली कर्पोरेट र मार्केटिङको दुनियाँमा समेत एउटा यस्तो सुनामी ल्याइदिएको छ, जसको पराकम्पले विदेशी ब्राण्डहरूको जग हल्लिएको छ।
यो महा-क्रान्तिको केन्द्रबिन्दुमा छ— एक्स्ट्रीम इनर्जी ड्रिङ्क । एनपीएलको आधिकारिक पार्टनरको रूपमा रहेको एक्स्ट्रीमले बजारमा आफ्नो ‘स्पेसल एडिसन एनपीएल क्यान’ सार्वजनिक गरेको ठीक एक हप्ता भयो। र यो एक हप्ताको भिजुअल रियालिटी यस्तो छ कि— नेपाली क्रिकेट फ्यानहरूले वर्षौँदेखि पिउँदै आएका रेडबुल लगायतका अन्य विदेशी ड्रिङ्कहरूलाई चटक्कै त्यागेर हात-हातमा एक्स्ट्रीमको क्यान नचाउन थालेका छन्।
जर्सी र झन्डाको जमानाजर्सी र झन्डापछि नयाँ ट्रेन्ड, हातमा आफ्नै टिमको एक्स्ट्रीम क्यान!
गयो!
कुनै समय थियो, जब रंगशालामा वा टिभी स्क्रिन अगाडि बस्दा आफ्नो टोलीलाई सपोर्ट गर्ने माध्यम केवल एउटा जर्सी वा झन्डा मात्र हुन्थ्यो। तर, समय बदलियो र बदलियो क्रिकेट फ्यानको ऊर्जा। एक्स्ट्रीम इनर्जी ड्रिङ्कले समर्थकहरूको यही धड्कन र सेन्टिमेन्टलाई यसरी क्यास गरिदियो कि, खेलप्रेमीहरूका लागि यो एउटा नयाँ ‘ट्रेन्डसेटिङ’ फेसन बनेको छ।
कम्पनीले एनपीएलका सात वटा फ्रेन्चाइज टोलीको छुट्टाछुट्टै ब्रान्डिङ, आधिकारिक रङ र लोगो समेटेर जुन ‘स्पेसल एडिसन क्यान’ डिजाइन गर्यो, त्यसले फ्यानहरूलाई मानसिक रूपमा सिधै आफ्नो टिमसँग जोडिदिएको छ। अब इनर्जी ड्रिङ्क पिउनु भनेको केवल प्यास मेटाउनु वा शरीरलाई स्फूर्ति दिनु मात्र होइन, यो त आफ्नो फेभरेट टिमप्रतिको अटुट विश्वास, माया र ‘कडा हुटिङ’ को प्रतीक बनेको छ। मैदानमा जब खेलाडीले चौका र छक्काको वर्षा गर्नेछन्, तब समर्थकहरूको हातमा जर्सीको रङसँग म्याच हुने एक्स्ट्रीमको क्यान हुनु अहिले नै एउटा गर्व र क्रेजको विषय बनिसकेको छ।
७ टिमसँग एक्स्ट्रीमको ‘महा-गठबन्धन’: कसको क्यान कस्तो?
एक्स्ट्रीमले बजारमा एकलौटी राज गर्नुको मुख्य कारण हो— यसको आक्रामक र बृहत् व्यावसायिक साझेदारी। कम्पनीले एनपीएलका कुल आठ टोलीमध्ये सात टोलीसँग प्रत्यक्ष रूपमा सहकार्य गरेर बजारलाई चारैतिरबाट घेरेको छ।
एक्स्ट्रीमले मुख्य प्रायोजक (Main Sponsor) को रूपमा साझेदारी गरेका ६ वटा प्रमुख टोलीहरू यस प्रकार छन्:
१. काठमाडौं गोर्खाज (खैरो र सुनौलो थिमको आक्रामक क्यान)
२. लुम्बिनी लायन्स (सिंहको गर्जन जस्तै कडा रातो र पहेँलो क्यान)
३. विराटनगर किङ्स (शाही अन्दाजको निलो र सुनौलो क्यान)
४. जनकपुर बोल्ट्स (बिजुली जस्तै चम्किलो र आक्रामक क्यान)
५. चितवन राइनोज (गैँडाको शक्ति झल्काउने कडा थिमको क्यान)
६. कर्णाली याक्स (हिमाली याकको अदम्य साहस बोकेको क्यान)
यति मात्र होइन, कम्पनीले पोखरा एभेन्जर्ससँग पनि विशेष भित्री सम्झौता गरेको छ, जसअन्तर्गत पोखराका खेलाडीहरूको जर्सीको छातीमा समेत एक्स्ट्रीमको लोगो छाती खोलेर चम्किनेछ। यी सातै वटा टोलीका फ्यानहरूका लागि एक्स्ट्रीमले बजारमा पठाएको यो क्यान केवल एउटा प्रडक्ट मात्र नभएर संकलन गरेर राख्न मिल्ने ‘कलेक्टर्स आइटम’ जस्तै बनेको छ।
रेडबुल आउट, एक्स्ट्रीम इन: चोक-चियागफमा बदलियो रोजाई!
“हाम्रो देशको एनपीएल, हाम्रै शहरको टिम, अनि ड्रिङ्क चाहिँ विदेशी किन पिउने?”— काठमाडौँको न्यूरोडका एक रैथाने किराना व्यापारीका अनुसार हिजोआज पसलमा आउने ग्राहकको साझा थेगो यही बनेको छ। विगत एक हप्ताको बजारको डाटा र दृश्य हेर्ने हो भने, नेपालमा लामो समयदेखि इनर्जी ड्रिङ्कको बजारमा एकछत्र राज गरिरहेको रेडबुल लगायतका ब्राण्डहरूलाई एनपीएलको यो क्रेजले नराम्रोसँग पछारेको छ।
युवाहरू अब पसलमा गएर ‘एउटा इनर्जी ड्रिङ्क दिनुस्’ भन्दैनन्। उनीहरू सिधै भन्छन्— “मलाई जनकपुर बोल्ट्सको क्यान दिनुस्” वा “म कर्णाली याक्सको फ्यान हुँ, कर्णालीकै क्यान दिनुस्।” नेपाली फ्यानहरूको आफ्नो माटो र आफ्नो खेलप्रतिको यो सेन्टिमेन्टलाई एक्स्ट्रीमले जति स्वादिलो गरी पस्कियो, त्यसले विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई अचम्ममा पारेको छ।
चोकचोकका चियापसल, क्याफे र रेस्टुरेन्टहरूमा अहिले युवाहरू एनपीएलको खेल समीक्षा गर्दै टेबलमा एक्स्ट्रीमको क्यान राखेर गफिइरहेका भेटिन्छन्। यसले के देखाउँछ भने खेल सुरु हुनुअगावै बजारमा एक्स्ट्रीमले आफ्नो छक्का प्रहार गरिसकेको छ।
सोसल मिडियामा एक्स्ट्रीमको बाढी: टिकटकदेखि इन्स्टाग्रामसम्म ‘क्यान क्रेज’
यदि तपाईंले विगत ३–४ दिनमा टिकटक, फेसबुक वा इन्स्टाग्राम स्क्रोल गर्नुभएको छ भने, तपाईंले यो क्रेजको वास्तविक रूप देखिसक्नुभएको हुनुपर्छ। नेपालका भाइरल इन्फ्लुएन्सरदेखि लिएर सामान्य क्रिकेट फ्यानहरूसम्मले आफ्ना मनपर्ने टिमका जर्सी लगाएर, हातमा त्यही टिमको एक्स्ट्रीम क्यान समातेर भिडियो र रिल्स बनाउने बाढी नै आएको छ।
बजारमा यसको माग यति ह्वात्तै बढेको छ कि कतिपय शहरहरूमा फ्यानहरूले आफ्नो टिमको क्यान नपाएर वितरकहरूसँग गुनासो गर्न थालेका छन्। होलसेल बजारमा यो विशेष एडिसनका क्यानहरू ‘आउट अफ स्टक’ हुन थालेका रिपोर्टहरू आउन थालेका छन्, जसले गर्दा कम्पनी र वितरकहरूलाई माग धान्न र नयाँ स्टक बजारमा पुर्याउन २४ सै घण्टा धौ–धौ परिरहेको छ।



