एक्स्ट्रिम म्युजिक सिरिज सुरु, नेपाली सङ्गीतमा नयाँ प्रयोग!

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकको पहलमा सुरु गरिएको यस सिरिजले नेपाली सङ्गीतमा नयाँ प्रयोग र फरक प्रस्तुति भित्र्याउने लक्ष्य राखेको छ।
अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजमार्फत मौलिक गीत, नवीन सङ्गीत शैली र सिर्जनात्मक दृश्य प्रस्तुत गरिनेछ। परम्परागत सङ्गीत प्रस्तुतिभन्दा फरक अनुभव प्रदान गर्ने उद्देश्य राखिएको सिरिजले नेपाली सङ्गीत क्षेत्रमा सक्रिय नयाँ पुस्ताका कलाकारलाई आफ्नो प्रतिभा र छुट्टै पहिचान प्रस्तुत गर्ने अवसर दिने अपेक्षा गरिएको छ।
‘एक्स्ट्रिम म्युजिक सिरिज’अन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। सिरिजमा समावेश गीत तथा तिनका म्युजिक भिडियो एक्स्ट्रिम म्युजिक सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ। नियमित रूपमा नयाँ गीत सार्वजनिक गर्ने योजनाले दर्शक तथा श्रोतामाझ नेपाली सङ्गीतका विविध शैली र सिर्जनालाई पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
यस सिरिजको अवधारणा एक्स्ट्रिम इनर्जी ड्रिंकको रहेको छ। यसको व्यवस्थापन आर्बिट्ररी रेकड्र्सले गरिरहेको छ भने निर्माणको जिम्मेवारी एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले सम्हालेको छ। यी संस्थाहरूको सहकार्यमा तयार भइरहेको सिरिजले सङ्गीत उत्पादन, प्रस्तुति र दृश्य निर्माणमा नयाँपन ल्याउने प्रयास गरेको छ।
सिरिजको पहिलो सिजनमा नौ जना कलाकार सहभागी हुँदै छन्। यसमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। फरक–फरक सङ्गीत शैली र सिर्जनात्मक पहिचान भएका कलाकारको सहभागिताले सिरिजलाई विविधतापूर्ण बनाउने अपेक्षा गरिएको छ।
नेपाली सङ्गीत क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका कलाकार, फरक सङ्गीत शैली र डिजिटल माध्यमबाट गीत सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो अवस्थामा ‘एक्स्ट्रिम म्युजिक सिरिज’ले कलाकारलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने नियमित मञ्च उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले नयाँ सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले यस पहलमार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई उजागर गर्नुका साथै स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेको छ। प्रत्येक दुई सातामा नयाँ गीत सार्वजनिक गर्ने योजनासहित अघि बढेको यस सिरिजको पहिलो सिजनले नेपाली सङ्गीतप्रेमीमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो पनि बढेको छ।


