म्याक्स टाइगरको दशैं धमाका, तीन जनाले जिते बाइक–स्कुटर, अब कार जित्ने मौका

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । अभियानको सुरुवाती चरणमै दुई जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र एक जनाले यामाहा रे जेडआर स्कुटर जितेका हुन् ।
मोटरसाइकल जित्नेमा बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमाल रहेका छन् । त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका उनीहरूले क्यान खोलेरै आकर्षक पुरस्कार जित्ने अवसर पाएका हुन् ।
दशैंको अवसर पारेर सञ्चालन गरिएको यस अभियानले उपभोक्तालाई पेय पदार्थसँगै पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको छ । अभियानअन्तर्गत उपभोक्ताले म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यानमार्फत विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।
पुरस्कार जितेपछि धादिङको गल्छीका विजेता संजोग रिमालले खुसी व्यक्त गरेका छन् । उनले क्यान खोल्दा यति ठूलो पुरस्कार पाइएला भन्ने कल्पनासमेत नगरेको बताएका छन् । पुरस्कार जितेको थाहा पाउँदा सुरुमा विश्वास गर्न गाह्रो भएको उनको भनाइ छ । म्याक्स टाइगरले यसपालिको दशैंलाई विशेष बनाइदिएको उनले बताएका छन् ।
म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत कुल १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्न सक्नेछन् ।
सुरुवाती चरणमै बनेपा, धादिङ र सुर्खेतका उपभोक्ता विजेता बनेपछि अभियानप्रति उपभोक्ताको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार अभियान अझै जारी रहेकाले आगामी दिनमा पनि अन्य उपभोक्ताले विभिन्न पुरस्कार जित्ने अवसर पाउनेछन् ।
दशैंलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको यस अभियानमा बाइक, स्कुटर र कारजस्ता आकर्षक पुरस्कार समावेश गरिएको छ । विशेष पुरस्कारयुक्त क्यानमार्फत उपभोक्ताले पुरस्कार जित्ने सम्भावना रहेकाले अभियानले चाडपर्वको समयमा थप उत्सुकता जगाएको छ ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान जारी रहेकाले बम्पर पुरस्कार प्रोटोन कार जित्ने अवसर पनि बाँकी छ । यससँगै उपभोक्तामाझ अब कार कसले जित्ला भन्ने चासो बढ्ने देखिएको छ ।



