टुँडिखेलमा बालेनको मौनता: गणतन्त्र दिवसको मञ्चमा किन राखे प्रधानमन्त्रीले मुखमा बुजो?

काठमाडौँ। गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति चर्चाको विषय बनेको छ। औपचारिक कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने निर्णय लिएपछि अहिले सर्वत्र चासो बढेको छ।
सामान्यतः यस्ता राजकीय समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहिआएको छ। तर, यस पटक प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्बाटै निर्णय गराएर आफूले सम्बोधन नगर्ने र राष्ट्रपतिलाई नै सम्बोधनका लागि अनुरोध गर्ने नयाँ शैली अपनाएका छन्। टुँडिखेलको मञ्चमा उपस्थित भएर पनि प्रधानमन्त्रीको मौनताले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु गराएको छ।
यो कदमलाई केहीले राजनीतिक संस्कारको परिवर्तनका रूपमा लिएका छन् भने केहीले यसलाई बालेनको ‘फरक कार्यशैली’को निरन्तरता भनेका छन्।



