ओली–लेखकको निदहराम, प्रहरीले पल्टायो पुरानो फाइल!

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक। एक समय देशको बागडोर सम्हालेका यी दुई हस्तीहरू यतिबेला फेरि कानुनको कठघरामा उभिने तर्खरमा छन्। हिरासतबाट बाहिर निस्किए पनि उनीहरूको समस्या सकिएको छैन, बरु उनीहरूमाथि प्रहरीको राडार अझै कडा बनेको छ।

तपाईंहरूलाई याद नै होला, केही समयअघि मात्रै जेनजी आन्दोलन प्रकरणमा ओली र लेखकलाई पक्राउ गरिएको थियो। देशैभर चर्चा, सडकमा तातो बहस र संसद्मा ठूलो रडाको मच्चियो। धेरैलाई लागेको थियो– अब त यी नेताहरूको खेल खतम भयो। तर, जब उनीहरू हाजिरी जमानीमा छुटे, आम जनताको बुझाइ थियो– अब यो मुद्दा सामसुम भयो। तर, यहाँ तपाईं र हामीले सोचेजस्तो केही पनि छैन। अहिले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले एउटा यस्तो खुलासा गरेका छन्, जसले राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरिदिएको छ। उनले स्पष्ट रूपमा भनेका छन्, ’हिरासतबाट छुटेको भन्दैमा अनुसन्धान सकिएको नठान्नुहोस्। प्रहरीले गर्नुपर्ने कामहरू अहिले पनि तीव्र गतिमा भइरहेका छन्।’ प्रहरीको यो भनाइले ओली र लेखकको निदहराम गरिदिएको हुनुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button