एक्स्ट्रिम बन्यो विपद्पीडितको सहारा, राहतका लागि १ करोड सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा त्यसपछि देशका विभिन्न स्थानमा देखिएको बाढी–पहिरोको विपत्तिले जनजीवन प्रभावित भइरहेका बेला एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विपद्पीडित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने घोषणा गरिएको कम्पनीले जनाएको छ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवारको पीडा न्यूनीकरण गर्न तथा उद्धार र राहतका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सको भनाइ छ। कम्पनीले बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

विपद्का क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न सरकारी र गैरसरकारी निकायप्रति पनि उच्च सम्मान व्यक्त गरेको छ।

कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको एक्स्ट्रिमले राष्ट्रलाई आवश्यक परेको कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिने नीति लिँदै आएको छ। यही प्रतिबद्धताअनुसार अहिलेको विपद्को समयमा पनि प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको हो।

रसुवासहित विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण धेरै नागरिक प्रभावित भएका छन् भने उद्धार र राहतको काम जारी छ। यस्तो कठिन अवस्थामा निजी क्षेत्रबाट आएको सहयोगले विपद्पीडितको राहत तथा पुनस्र्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। विपत्तिको घडीमा कम्पनीले गरेको १ करोड रुपैयाँ सहयोगको घोषणा सामाजिक उत्तरदायित्व र मानवीय सहकार्यको एउटा प्रशंसनीय उदाहरण बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button