बाढीपीडितको घाउमा एक्स्ट्रिमको मलम, राहतका लागि दियो १ करोड

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले यसअघि घोषणा गरेको उक्त सहयोग रकम आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।

विपद्का कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले विपद्को कठिन घडीमा सरकार तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो। कम्पनीका अनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यसँग सहकार्य गर्नु आफ्नो सामाजिक दायित्वसमेत हो।

कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार तथा राहत कार्यमा निरन्तर खटिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मानसमेत व्यक्त गरेको छ।

प्राकृतिक विपद्का बेला पीडित नागरिकको जीवनरक्षा र राहत व्यवस्थापनका लागि सरकार तथा विभिन्न संघसंस्था सक्रिय भइरहेका छन्। यही क्रममा निजी क्षेत्रबाट समेत राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुट्न थालेको छ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा कठिन परिस्थितिमा नागरिकको साथमा उभिने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button