प्रधानाध्यापक शर्मिला पोखरेल राष्ट्रिय परीक्षा बोर्डको सदस्यमा मनोनित!

काठमाडौं । पदमोदय माध्यमिक विद्यालयकी कुशल प्रधानाध्यापक डा. शर्मिला पोखरेल राष्ट्रिय परीक्षा बोर्डको सदस्यमा मनोनित भएकी छिन्। शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३ जेठ १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

लामो समयदेखि शैक्षिक प्रशासन र अध्यापनमा सक्रिय डा. पोखरेलले नेतृत्व गरेको पदमोदय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ। उनको अनुभव र भिजनले राष्ट्रिय परीक्षा बोर्डको नीति निर्माण र परीक्षा प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४ क को उपदफा २ (झ) बमोजिम सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूमध्येबाट उनलाई बोर्डको सदस्यमा चयन गरिएको हो। डा. पोखरेलको यस नियुक्तिले सामुदायिक विद्यालयहरूको आवाजलाई राष्ट्रिय तहमा थप बुलन्द बनाउने र समग्र विद्यालय शिक्षामा सकारात्मक सुधार ल्याउने विश्वास शैक्षिक क्षेत्रका सरोकारवालाहरूले व्यक्त गरेका छन्।

डा. पोखरेलको मनोनयनलाई शैक्षिक क्षेत्रमा एक आशालाग्दो र सकारात्मक कदमको रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button