महावीर पुनलाई अभिव्यक्ति सच्याउन राहत शिक्षकको चेतावनी

राहत शिक्षकहरूले प्रतिनिधि सभा सदस्य महावीर पुनले राहत शिक्षकका बारेमा वैशाख ३० गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति तथ्यहीन, अशोभनीय र खेदजनक रहेको भन्दै सच्चाउन चेतावनी दिएका छन् । 

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद पुनलाई आफ्नो अभिव्यक्ति सच्याउन भनेका हुन् । 

‘२०८३ वैशाख ३० गते बसेको सङ्घीय प्रतिनिधिसभाको बैठकमा सम्मानित सदनलाई सम्बोधन गर्ने क्रममा मा.महावीर पुनले राहत शिक्षकको सन्दर्भमा दिनुभएको अभिव्यक्ति अत्यन्त तथ्यहीन, अशोभनीय र खेदजनक रहेको साथै त्यस अभिव्यक्तिले आम राहत शिक्षकको आत्मसम्मानमा गहिरो चोट पुगेको छ’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button