नगरपालिकामै थन्कियो त्रिपुरासुन्दरीको घुम्ती शौचालय

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले खरिद गरेर ल्याएको घुम्ती शौचालय लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ ।
नगरपालिकाले गत २०८१ असार अन्तिममा ९ लाख ५० हजार लागतमा ल्याएको घुम्ती शौचालय झन्डै दुई वर्षदेखि त्यत्तिकै थन्किएको हो ।

